हङकङ बजारको भाडा गुडलकले होइन सरकारले बढाएको हो: व्यवसायी तिवारी
सुन भन्दा नुन महङ्गो हुन लाग्यो, पृथ्वीचोकमा भाडा तिर्दैनौ भन्न पाइन्छ ?
काठमाडाैं | साउन २१, २०८०
पोखरा: पोखरा लखनचोकस्थित हङकङ बजारका सटरमा ‘टेण्डर सेण्डर जान्दैनौं’ ठेकेदार हामी मान्दैनौ, गुडलक कम्पनीलाई हङकङ बजारमा प्रवेश निषेध लेखिएको कालो क्यानर टाँगिएको छ ।
कृषि सामग्री कम्पनीले हङकङ बजारको जग्गालाई बोलपत्र आह्वान गरेपछि विगत १ सय दिन यता पोखरा हङकङ बजारका व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् ।
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय गण्डकीको करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा पोखराको फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई २०६९ सालमा विभिन्न राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय र स्थानीयको सहमतिमा उक्त जग्गामा स्थानान्तरण गरिएको थियो ।
फुटपाथमा व्यवसायी गर्दै आएका व्यवसायीहरुलाई त्यस जग्गामा स्थानात्तर गर्नुपूर्व नै कृषि सामग्री कम्पनीले मिलन प्रसाद तिवारीलाई जग्गा भाँडामा दिएको जनाएको थियो । तिवारीले जग्गा भाँडामा लिदा कृषि सामग्रीसँग गरेको सम्झौता ०७८ माघमा सकिएको थियो । तर हङकङ बजार व्यवसायी र तिवारीबीच २० प्रतिशत भाँडा वृद्धिदर गरी भाडा बुझाउने सहमति भएको कार्यालयले जनाएको छ ।
यसैबीच गुडकल कम्पनीका निर्देशक मिलन प्रसाद तिवारीले हङकङ बजारको भाडा गुडकल कम्पनीले नभएर राज्यले बढाएको बताए ।
निर्देशक तिवारीले व्यवसायीहरुलाई कटाक्ष गर्दै सुनको मूल्य भन्दा नुनको मुल्य महङ्गो हुन थालेको भन्दै पृथ्वीचोकमा व्यवसायी गर्ने व्यवसायीले भाडा तिर्दैनौं भन्नु गलत भएको बताए ।
‘पोखराको मध्य भागमा बजार छ, छिमेकी व्यवसायीहरुले तिरेको भाडा र हङकङ बजारको भाडा हे¥यौं’, तिवारीले भने, ‘नुनको मूल्य सुन भन्दा महङ्गो हुन लाग्यो, व्यवसायीले पृथ्वीचोकमा बसेर भाडा तिदैनौ भन्नु गलत हो ।’
उनले हङकङ बजारको भाडा गुडलक कम्पनीले नभएर सरकारले नै बढाएको दोहो¥याए ।
हङकङ बजारको भाडादर समय सान्दर्भिक भएकाले व्यवसायीहरुसँग नै बसेर नयाँभाडादर कायम हुने गुडकल कम्पनीका निर्देशक तिवारीले बताए ।
‘पहिले पनि व्यवसायीहरुसँगै काम गरेको छु, अरु भन्दा म नै आउँदा सजिलो हुने भएकाले टेण्डरमा भाग लिए’, उनले भने, ‘व्यवसायीहरुले व्यवसायी गर्ने हो, आन्दोलन गर्ने होइन, नयाँ भाडादर कम्पनी, व्यवसायी र नागरिक समाजको रोहबरमा कायम हुन्छ ।’
उनले पोखराको हङकङ बजार ब्राण्ड भएकाले मेला महोत्सवमा जान आवश्यक नभएको भन्दै बजार सञ्चालन गर्दा ४ सय व्यापारी आएकाले बजार ब्राण्ड बनेको दाबीसमेत गरे ।
हामी प्रक्रिया अनुसार अगाडि बढेका हौं: कृषि सामग्री केन्द्र
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय पोखराका कार्यालय प्रमुख ठाकुर प्रसाद बास्तोलाले प्रक्रिया अनुसार नै अगाडि बढेकाले पछि नहट्ने बताए ।
‘हामी सार्वजनिक खरिद ऐन अनुसार नै अगाडि बढेका छौं, अब पोखरा हङकङ बजार व्यवसायी र गुडलक कम्पनीबीच सहमति गर्नुको अरु विकल्प छैन’, बास्तोलाले भने ।
कृषि सामग्री कम्पनीले सार्वजनिक गरेको बोलपत्रमा भाग लिएको विभिन्न कम्पनी मध्ये पहिलो र दोस्रो पक्षले टेण्डर प्रक्रियामा उपस्थित नभएपछि तेस्रो पक्ष गुडलक कम्पनीले उक्त जग्गा भाडामा लिएको हो ।
गुडलक कम्पनीले मासिक १५ लाख ५६ हजार ५ सय ५६ रुपैयाँ कृषि सामग्री कम्पनीलाई बुझाउने गरी ७ रोपनी जग्गा भाडामा लिएको प्रादेशिक कार्यालय पोखराका प्रमुख बास्तोलले बताए ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

